अन्तरिक्षबाट रातीमा पनी उज्यालो देखियो महाकुम्भ मेला

उक्त दृश्यमा पेटिटले भनेका छन् , “संसारको ठूलो मानव जमघटमा रातको समयमा पनि राम्रोसँग उज्यालो देखिएको छ ।”

भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेला २०२५ को दृश्य अन्तरिक्षबाट कस्तो देखिएला ?
नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले उक्त दृश्य सार्वजनिक गरेका छन् । पेटिटले अन्तरिक्ष स्टेशन (आई एस एस ) बाट रातको समयमा निकै उज्याले देखिने दृश्य एक्स.कम मार्फत सार्वजनिक गरेका हुन् ।
उक्त दृश्यमा पेटिटले भनेका छन् , “संसारको ठूलो मानव जमघटमा रातको समयमा पनि राम्रोसँग उज्यालो देखिएको छ ।” उनको यो टिप्पणीले के स्पष्ट पार्छ भने प्रत्येक १२ वर्षमा आयोजना गरिने उक्त कुम्भ मेला संसारको ठुलो मानव भेला प्रतिनिधित्व गर्ने मेलाको रुपमा स्थापित भएको छ ।

परम्परागत रुपमा चार प्रमुख तीर्थस्थलको नदी किनारलाई कुम्भ मेलाको रुपमा पहिचान गरिएको छ । गंगा—यमुना—सरस्वती नदीको संगम (प्रयागराज) , गंगा (हरिद्धार), नासिक—त्र्यम्बक(गोदावरी) र शिप्रा (उज्जैन) को किनारमा यो मेला आयोजना हुने गर्दछ ।
भारत स्वतन्त्र भएपछि सन् २००३ को जुलाई २७ देखि सेप्टेम्बर ७ सम्म भारतको नासिकमा आयोजना भएको कुम्भ मेलामा ३९ तीर्थयात्री ९२८ महिला र ११ पुरुष० को कुल्चिएर मृत्यु भएको थियो भने ५७ जना घाइते भएका थिए ।

यो मेलाको वर्णन विभिन्न धार्मिक ग्रन्थमा विभिन्न महत्वको साथ उल्लेख गरिएको छ । संस्कृतमा कुम्भ भनेको भाँडो हो । धार्मिक आस्था अनुसार भगवान विष्णुले अमरत्व पेय पदार्थको थोपा (कुम्भ) अर्थात भाँडोमा ढुवानी गर्दा यी चार स्थानमा खसालेका थिए र सोही चार स्थानलाई कुम्भ मेला आयोजना गर्ने स्थानको रुपमा परिभाषित गरिएको छ ।
यी स्थानमा स्नान गर्नाले पापहरु पखालिने र मोक्ष प्राप्ती हुने विश्वासको साथ करोडौँ भक्तजनहरु यो मेलामा सहभागी भएका छन् । फेब्रुअरी २६ सम्म चल्ने यो कुम्भ मेलामा भारत , नेपाल लगाएत विश्वका धेरै मानिसहरु सहभागी भैरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.