वालिङ जेसीज वर्ष २०२५ को अध्यक्षमा कँडेल निर्वाचित
वालिङ जेसीज बर्ष २०२५ को अध्यक्षमा सन्दीप कँडेल निर्वाचित भएका छन् । वालिङ—८ स्थित रेडपिपर पार्टी प्यालेसमा बुधवार आयोजित २१ औ पदस्थापन कार्यक्रमबाट कंडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यकारिणी उपाध्यक्षमा विदुर कोइराला र युधिष्ठिर गैह्रे निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा सन्तोष रेग्मी ,श्रीराम लम्साल ,विष्णु पंगेनी र रेशम रेग्मी निर्वाचित भएका छन् ।

सोही पदस्थापन कार्यक्रमबाट कानुनी सल्लाहाकार सुदिप अर्याल,महासचिव भानुभक्त आचार्य र कोषाध्यक्ष करुणा काफ्ले मनोनीत भएका छन् ।
सोही अवसरमा नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकोमा वालिङ जेसीजका पूर्व अध्यक्ष मणि प्रसाद अर्याललाई सम्मान गरिएको थियो । यस्तै वालिङ जेसीज मानार्थ सदस्य दिलीप प्रताप खाँण गरिमा विकास वैंकको अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको वालिङ जेसीजका निर्वतमान अध्यक्ष यज्ञ पुरुष रिजालले बताए ।


१८ देखि ४० वर्षसम्मका युवाहरुलाई नेतृत्व विकास गर्ने उदेश्यले विश्वव्यापी संस्थाको रुपमा जेसीजको स्थापना भएको हो । वालिङ जेसीज भने २००४ मा स्थापित संस्था हो ।
वालिङ पिङ्क सिटीको अवधारणा अघि सारेको यस संस्थाले गुलाबी सहर निर्माण गर्ने उदेश्यले एक घर एक गुलाब कार्यक्रम समेत संचालन गरेको थियो । स्थानीयस सरकारलाई संसदीय अभ्यासको तालिम , युवाहरुलाई नेतृत्व विकास , प्रतिक्षालय निर्माण ,विपदमा सहयोग लगाएत विभिन्न कार्यहरु गर्दै आएको छ ।
२१ औ पदस्थापनमा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष कंडेलले विगतको भन्दा अझ सशक्त र नमुना कार्य गर्ने जनाएका छन् ।
सोही कार्यक्रममा गण्डकी प्रदेश सदस्य कल्पना तिवारी, नेपाली काँग्रेस नगर सभापति नेत्र पाण्डे , नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल , वालिङ उधोग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया राख्नुहोस्