स्याङ्जामा स्कार्पियो दुर्घटना ५ घाईते
स्याङ्जाको वालिङमा स्कार्पियो गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । आज विहान वालिङ बाट सिरबानी जाँदै गरेको ग १ च ८९१३ नं को स्कार्पियो वालिङ नगरपालिका—१४ स्थित तमादीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उक्त सवारी साधनमा ८ जना सवार मध्ये ५ जना घाईते भएको जिप्रका स्याङ्जाका प्रहरी नायव उपरिक्षक हरि प्रसाद पौडेलले जानकारी दिए । घाइते हुनेमा वालिङ १४ का ६३ वर्षीय उमापति डुम्रे , ५२ वर्षीय भिम प्रसाद डुम्रे , ७८ वर्षीय कोषकान्त डुम्रे , पैयुँ गाउँपालिका —६ हुवास निवासी ३३ वर्षीय कुमाकला तिवारी र तिवारीको छोरा ११ वर्षीय कमल तिवारी घाईते भएका छन् । ३ जना सकुशल रहेका छन् । घाइतेहरुको उपचार गह्रौँ ध्याङ्लिङ प्राथमिक अस्पताल वालिङमा उपचार भैरहेको छ ।
दुर्घटनामा परेको स्कार्पियो वालिङ पर्वत सडक खण्डको तमादीमा सडकबाट ४ मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्