प्रेस चौतारीको जिल्ला अध्यक्षमा : अर्याल
वाक स्वतन्त्रताको नाममा विकृति फैलिएको कारण को पत्रकार हुन् , कुन समाचार हो भन्ने भ्रम सिर्जना भएको नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीको भनाई थियो ।

स्याङ्जा , माघ २४
प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल निर्विरोध चयन भएका छन्।
बुधबार स्याङ्जा सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित जिल्ला कार्यसमितिले उपाध्यक्षमा जीवन प्रसाद अर्याल, महिला उपाध्यक्षमा अनिता गौतम, सचिवमा नारायण प्रसाद कोइराला(एन.पी), सहसचिवमा रोशन लामिछाने र मुना न्यौपाने तथा कोषाध्यक्षमा गोपाल अधिकारी चयन भएका छन्।
यस्तै, सदस्यहरुमा राम बहादुर रोकाहा, माधवप्रसाद रेग्मी, विश्वेश्वरप्रसाद पोख्रेल(वि.पी), योमकान्त गैह्रे, निशान भट्टराई र करुणा अधिकारी(यामकला)रहेका छन् ।
सोही अधिवेशनले केन्द्रीय प्रतिनिधिमा मोहन गुरुङ र कला राना तथा प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी (सुशील) र राधिका पौडेल चयन भएका छन् ।
जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञावालीले सरकारले अघि सारेको सामाजिक संजाल नियमन विद्येयकलेसामाजिक संजालको दुरुपयोग निराकरण हुने बताए । पछिल्लो समय सामाजिक संजालले समाजमा भ्रम सिर्जना गरेको कारण पत्रकारिता क्षेत्रमाथिको विश्वसनीयता घट्दै गएको उल्लेख गरे । नेपाल सरकारले यस्ता गतिविधि अन्त्य गर्दै फेसबुक , टिकटक लगायतलाई नेपाल सरकारको कानुनी दायरमा ल्याउन खोजिएको जानकारी दिए ।
वाक स्वतन्त्रताको नाममा विकृति फैलिएको कारण को पत्रकार हुन् , कुन समाचार हो भन्ने भ्रम सिर्जना भएको ज्ञावालीको भनाई थियो ।
अधिवेशनमा पोलीट व्यूरो सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख टुक सिग्देल, नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सिता सुन्दास, केन्द्रीय सदस्य सिमा क्षेत्री, नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष मिन प्रसाद गुरुङ, प्रदेश कमिटी सचिव धनन्जय दवाडी, जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस), उपाध्यक्ष महेश पुरी, सचिव रामचन्द्र भट्टराई, प्रचार विभाग प्रमुख एवं उपसचिव चिन माया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य हिमलाल पराजुली , प्रेस चौतारी गण्डकी प्रदेशका सचिव गोपाल जिटीले शुभकामना व्यक्त गरेका थिए । प्रेस चौतारी नेपाल स्याङ्जा शाखाकोे नयाँ नेतृत्वलाई पदस्थापन तथा अन्तरक्रिया कार्यक्रम गरेर चलायमान गराउने नवनिर्वाचित अध्यक्ष मणि प्रसाद अर्यालले बताए ।
प्रतिक्रिया राख्नुहोस्