असावधानीले पोखरा भ्रमण वर्षको उद्घाटनमा “आगो”

असावधानीले पोखरा भ्रमण वर्षको उद्घाटनमा “आगो”
प्रे.दै संवाददाता
फागुन ३
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् ।
भ्रमण वर्ष उद्घाटन गर्न  बेलुन उडाएर पटका पडकाउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको हो ।
प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री पौडेल र कार्यक्रमको सभापति मेयर आचार्यको गालामा आगोको झिल्काले पोलेको थियो।
‘पोखरा पर्यटन भ्रमण वर्ष २०२५’ को उद्घाटन समारोहमा असावधानीको कारण दुर्घटना भएको जानकारहरूको भनाई छ ।
हाइड्रोजन ग्याँस भरेर उडाउन तयार गरिएको बेलुनमा आगोको झिल्को परेपछि बेलुनहरू एकसाथ पड्किएर आगोको मुस्लो निस्किएको हो।
घाईते दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमा काठमाण्डौ लगिएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.