प्रथम पिङ्क सिटी महोत्सव सम्पन्न : डेढलाख दर्शकले गरे अवलोकन

जनताका छोराछोरीलाई नीति निर्माणको तहमा त पुर्‍यायौँ , तर उनीहरु मात्तिए : पूर्व सासंद गुरुङ

प्रथम पिङ्क सिटी महोत्सव सम्पन्न : डेढलाख दर्शकले गरे अवलोकन

जनताका छोराछोरीलाई नीति निर्माणको तहमा त पुर्‍यायौँ , तर उनीहरु मात्तिए : पूर्व सासंद गुरुङ

सुशील सुवेदी

स्याङ्जा , चैत्र ३

“आर्थिक सामाजिक सम्पन्न समाज , समृद्ध वालिङ “, भन्ने मुल नारा सहित चेम्बर अफ कमर्स वालिङले माघ २१ गते देखि संचालन गरेको प्रथम पिङ्क सिटी वालिङ महोत्सवको आईतबार औपचारिक सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व सासंद रामकाजी गुरुङले हिजो नेपाली जनतालाई रैतीको रुपमा दोस्रो दर्जामा हेर्नेहरूले आज दिवा सपना देखेको बताए ।

राजतन्त्र फालेर ल्याएको गणतन्त्रले मुलुकलाई समृद्धिको दिसा तर्फ अघि लगेको बताउँदै गुरुङले भने , ’जनताका छोरा छोरीलाई नीति निर्माणको तहमा त पुर्‍यायौँ तर जनताका छोराछोरी मात्तिए , उनीहरुले आफ्नो हैसियत पनि बिर्सिए । ’

सोही कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सासंद मोहन रेग्मीले महोत्सवले कृषि,पर्यटन सँगै खेलकुदको क्षेत्रलाई पनि स्थान दिएको कारण गाउँमा लुकेका युवाहरुले अवसर पाएको बताए ।

१२ दिन सम्म संचालित उक्त महोत्सवमा कृषि उपज , कृषि औजारका सामाग्री राखिएको थियो । कृषि औजार राखिएको एक स्टलबाट एक लाख एघार हजार एक सय एघार बराबरको खुकुरी समेत महोत्सवमा विक्री भएको चेम्बर अफ कमर्सका उपाध्यक्ष मणि प्रसाद पंगेनीले बताए ।

प्रथम पिङ्क सिटी महोत्सवमा बिक्रि भएको एक लाख एघार हजार एक सय एघार मूल्य बराबरको खुकुरी ।

महोत्सवमा कृषि बाहेक दैनिक उपभोग्य बस्तुहरूमा स्थानीयको आकर्षण रहेको चेम्बर अफ कमर्सका अध्यक्ष प्रकास न्यौपानेले बताए । अरुबेला भन्दा सस्तोमा दैनिक उपभोग्य बस्तु पाउने कारण लत्ता कपडा का पसलहरुमा दर्शकहरुको रोजाई बढेको न्यौपानेको भनाई छ ।

महोत्सवमा  ३५० भन्दा बढि स्टल राखिएको थियो भने स्थानीय उत्पादन , वालिङ आसपासका पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी , भलिबल प्रतियोगिता , रत्यौली प्रतियोगिता र स्थानीय युवाहरुको ब्यान्डले कार्यक्रमलाई रोचक बनाएको आयोजकले बताएको छ ।

वालिङ पिङ्क सिटी महोत्सवको पहिलो  संस्करणमा नै उत्साहजनक सहभागिता भएको कारण आगामी संस्करण पनि अझ परिस्कृत हुने आयोजक संस्थाका महासचिव गणेश राउतले जानकारी दिए । पहिलो संस्करणमा नै झण्डै डेढ लाख दर्शकले महोत्सव अवलोकन गरेको राउतको भनाई छ ।

समापन कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख दिलीप प्रताप खाँण , चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य किसान सुनार लगायतले आफ्नो धारणा राखेका थिए ।

भलिबलको उपाधि गल्याङ लाई

प्रथम पिङ्क सिटी महोत्सव कप—२०८१ अन्तर्गत अन्तर स्तरीय पुरुष भलिबल को उपाधि गल्याङ नगरपालिकाले हात पारेको छ । आइतबारको फाईनल खेलमा गल्याङ नगरपालिकाले विरुवा गाउँपालिकालाई ५—३ सेटले पराजित गरेको हो । उक्त प्रथम पिङ्क सिटी महोत्सव कप—२०८१ को दोस्रो स्थान विरुवा गाउँपालिका र तेस्रो स्थान वालिङ नगरपालिकाले प्राप्त गरेको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.