सिद्धार्थ बहुमुखीमा अनेरास्ववियुको प्यानल विजयी

 

प्रेस दैनिक संवाददाता
स्याङ्जा , चैत्र ५

स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । प्रतिभा गोदारको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल विजयी भएको हो ।
अनेरास्ववियुबाट सभापति पदको उमेदवार प्रतिभा गोदारले ३८ मत प्राप्त गरेर विजयी भएकी हुन् । गोदारको प्रत्यासी नेविसंघका शैलेश थापाले ३४ मत प्राप्त गरेका थिए ।
यस्तै सचिवमा श्रीषा शमाले (३७ मत) , कोषाध्यक्षमा सुस्मिता विकले(३७मत) , सदस्यमा संजय खत्रीले (४३मत) र स्मृती कुँवरले (४१मत) प्राप्त गरेर निर्वाचित भएका छन् ।
नेविसंघको प्यानलबाट सचिव विजय अधिकारी , कोषाध्यक्ष सविना जिसी , सदस्य जेनिस रानाभाट र सन्तोषी खड्काले उम्मेदवारी दिएका थिए ।
प्रत्यक्ष तर्फ अनेरास्ववियुको प्यानल विजयी भएपनि समानुपातिकतर्फ २ जना अनेरास्ववियु र २ जना नेविसंघका उमेदवार निर्वाचित भएका छन् ।
समानुपातिक सदस्यमा अनेरास्ववियुको तर्फबाट मिरा श्रेत्री र प्रविता रानाभाट विजयी भएका छन् भने नेविसंघको तर्फबाट सविना भण्डारी र समिक्षा पौडेल निर्वाचित भएका हुन् ।
स्याङ्जाको वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा मतदान जारी भैरहेको छ ।
यस्तै गल्याङ बहुमुखी क्याम्पस र मिर्मी बहुमुखी क्याम्पस विवादको कारण निर्वाचन हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.