वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

किसानलाई विना धितो कर्जा प्रवाह गर्न वालिङका बैंकर्सलाई नगर उपप्रमुख गैह्रेको आग्रह

कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरभित्रका किसानलाई विना धितो कृषि कर्जा प्रवाह गर्न आग्रह गर्दै भन्नुभयो ,“ स्थानीय सरकार जमानत बस्छ , बैंकर्स साथीहरुले कर्जा प्रवाह गरेर सहयोग गर्नुपर्यो ।”
सुशील सुवेदी
स्याङ्जा , चैत्र १०
बालबालिका , किशोर किशोरी र युवाहरुलाई वित्तीय साक्षरता प्रदान गर्न वालिङ बैंकर्स क्लबले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
पछिल्लो समय मोबाईल बैंकिङको दुरुपयोग र समाजमा आर्थिक स्थिरता बढेको भन्दै वालिङ बजारमा प्रभातफेरी आयोजना गरिएको क्लबका अध्यक्ष प्रेम किशोर अर्यालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरभित्रका किसानलाई विना धितो कृषि कर्जा प्रवाह गर्न आग्रह गर्दै भन्नुभयो ,“ स्थानीय सरकार जमानत बस्छ , बैंकर्स साथीहरुले कर्जा प्रवाह गरेर सहयोग गर्नुपर्यो ।”
कृषि क्षेत्रको लगानी विना अर्थतन्त्र मजबुत नहुने बताउँदै नयाँ युवा पुस्तालाई स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्न स्थानीय सरकार र बैंक वित्तीय संस्थाले हातेमालो गर्न आवश्यक रहेको गैह्रेले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय कार्यक्रम अन्तर्गत चैत्र ४ गते देखि सप्ताहव्यापी ग्लोबल मनी विक कार्यक्रम संचालन गरेर आज समापन गरिएको वालिङ बैंकर्स क्लबले जनाएको छ ।
एक हप्तादेखि वालिङका रहेका बैँक तथा वित्तिय संस्थाले विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष प्रेम किशोर अर्यालले बताउनुभयो ।
“सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न एक हप्तादेखि विद्यालय लक्षित कार्यक्रम संचालन गर्याैँ , आज बजारमा प्रभातफेरी गरेर ग्लोबल मनी विक सम्पन्न गरका छौँ ”, अध्यक्ष अर्यालले भने ।
“आफूलाई वित्तीय ठगीबाट बचाउनुहोस् ” , “मोबाइलको पिन र पासवर्ड कसैलाई नदिनुहोस् ”, जस्ता सन्देश लेखिएका प्लेकार्ड सहित प्रभातफेरीमा आयोजना गरिएको थियो ।
वालिङ नगरभित्र क, ख र ग बर्गका २० वटा बैंक तथा वित्तीय संस्थाहरुले कारोबार गर्दै आएका छन् ।
वालिङका वित्तीय संस्थाहरुले १२ अर्व निक्षेप र १० अर्ब कर्जा प्रवाह गर्ने गरी कारोबार गर्दै आएका छन् । पछिल्लो समय लगानी गर्दा उच्च जोखिम हुने त्रासले कर्जा भन्दा निक्षेप बढ्न थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.