वालिङका महिलालाई उद्यमी बनाउन चप्पल बनाउने तालिम

तालिमको उद्धघाटन गर्दै वालिङ नगर उपप्रमुख कविता तिवारी(गैह्रे) ले घरेलु तथा साना उद्यमको कार्यक्रमले महिलाहरुलाई वित्तीय साक्षरता तथा पहुँचबारे शिक्षा प्राप्त हुने बताउनुभयो ।

सुशील सुवेदी
स्याङ्जा , चैत्र १३

वालिङका महिलाहरुलाई उद्यमी बनाउन एक हप्ते चप्पल बनाउने तालिम सुरु गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा २८ जना महिलालाई सिपमुलक तालिम आयोजना गरिएको हो ।
उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालिमको उद्धघाटन वालिङ नगर उपप्रमुख कविता तिवारी(गैह्रे) ले गर्नुभएको हो ।
तालिमको उद्धघाटन गर्दै तिवारीले घरेलु तथा साना उद्यमको कार्यक्रमले महिलाहरुलाई वित्तीय साक्षरता तथा पहुँचबारे शिक्षा प्राप्त हुने बताउनुभयो ।
उद्यमी महिलाहरुले तालिम पश्चात उत्पादन गरेको चप्पल लगाएतका सामाग्री कोसेली घर मार्फत बिक्रि गर्न नगरपालिकाले जिम्मा लिने नगर उपप्रमुख कविता तिवारी(गैह्रे) ले बताउनुभयो ।
तालिममा सिकेको शिपलाई व्यवहारमा उतार्नुपर्ने बताउँदै उपप्रमुख तिवारीले भन्नुभयो ,“हामिले उद्यमशिलता तर्फ जोडिन चाहने उद्यमीलाई विना धितो कर्जा प्रवाह गर्ने र बजार ग्यारेण्टी गर्ने कार्यक्रम अघि सारेका छौँ । ”
वालिङ नगरभित्र विभिन्न समयमा तालिम लिएका उद्यमीहरुलाई लक्षित गर्दै वालिङ ८ को नयाँबजार क्षेत्रलाई नगरले विशेष बजार निर्माण गर्ने अवधारणा अघि सारिएको तिवारीको भनाई छ ।

सोही कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघले सिपमुलक तालिम संचालन गरेर महिलाहरुलाई स्वावलम्बन बनाउन खोजेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । “हिजो महिलाहरु घरबाट निस्किने स्वतन्त्रता थिएन , अहिले घर बाहिर निस्किन मात्र होईन आर्थिक आयआर्जनसँग जोडिने स्वतन्त्रता पनि महिलाहरुले प्राप्त गरेका छन् । ”अध्यक्ष श्रेष्ठको भनाई छ ।
“यस अघि फाइबर झोला निर्माण गर्ने तालिम संचालन गरेका थियौँ । उक्त तालिम लिएर उद्यमी बन्नु गंगा कुमारी रानाले व्यवसायीक रुपमा श्रीसा झोला उद्योग खोलेर वालिङ बजारलाई झोला पु¥याउनु भएको छ । तपाईहरु पनि वालिङलाई चाहिने चप्पल उत्पादन गर्नुहोस् बजार प्रवद्र्धनमा हामी सहयोग गछौं । ”संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यस्ता तालिमबाट महिलाहरु उद्यमी बन्नेछन् भने नगरभित्र आर्थिक चलायमान पनि बढ्ने ईन्द्र थापाले बताउनुभयो । सानो पूँजीमा व्यवसाय संचालन गर्न सकिने भएकोले महिलाहरु सजिलै आत्मनिर्भर बन्न सक्ने थापाको भनाई छ ।
वालिङ उद्योग वाणिज्य संघले बेला बेलामा सिपमुलक तालिम , कर शिक्षा र समस्यामा परेका व्यवसायीलाई राहत प्रदान गर्दै आएको छ । संघले यसअघि टोमाटो केचअप , जुस निर्माण , व्युटिसियन लगाएतका संचालन गरेको संघका वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले बताउनुभयो । चप्पल बनाउने तालिम चैत्र १९ गते सम्म संचालन हुनेछ ।
यहाँ उत्पादन भएका चप्पलहरू र वालिङका महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरु वालिङ नगरपालिका र वालिङ उद्योग वाणिज्य संघको कोसेली घर मार्फत बजार प्रवद्र्धन गरिनेछ । तालिमको उद्धघाटन कार्यक्रममा संघका पूर्व अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ , वालिङ नगरपालिका कार्यपालिका सदसय युगमाया पंगेनी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.