लागु औषध तथा कुलतको अन्त्यका लागी वालिङमा सचेतना

वालिङमा सिरिन्ज मार्फत लागूऔषध प्रयोग गर्ने युवाको संख्या ठूलो रहेको डिएसपी बसन्त पाठकले बताउनुभयो ।

वालिङमा सिरिन्ज मार्फत लागूऔषध प्रयोग गर्ने युवाको संख्या ठूलो रहेको डिएसपी बसन्त पाठकले बताउनुभयो । उहाँले भन्नुभयो ,“राम्दी नाकाबाट अत्याधिक प्रयोगकर्ता र कारोबार गर्ने गिरोह समाइरहेका छौँ । यसको निराकरण गर्न कानुनले मात्र सक्दैन अभिभावक पनि सचेत हुन आवश्यक छ । ”

वालिङ — १८ चैत
लागु औषध तथा कुलतको अन्त्यका लागी सचेतना तथा परामर्श मुलक कार्यक्रम सोमबार वालिङ नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा जिवन बाटिका नेपाल स्याङ्जा र लियो क्लब अफ वालिङ सिटिले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले लागु औषधको नियन्त्रणका लागी यस्ता सचेतनामुलक कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
लागुपदार्थ दुव्र्यसनी का बेफाइदा तथा समस्याका बारेमा अभिभावक तथा युवापुस्ता सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । प्रमुख खाँणले भन्नुभयो, “पछिल्लो तथ्यांक हेर्ने हो भने विश्वमा वार्षिक २१ लाख मानिस दुव्र्यसनी का कारण ज्यान गुमाएका छन् । विशेषगरी २५ देखि २९ वर्षभित्रका युवायुवतीहरु कुलतबाट प्रभावित हुने गरेको देखिएको छ ।” पारिवारिक, सामाजिक, आर्थिक तथा कानुनी हिसाबले यो दुव्र्यसनी विश्वको ठुलो चुनौती बनिरहेको अवस्थामा नियन्त्रणमा लिएर कारबाही भन्दा मनदेखि आएको सकरात्मक सोचले ठुलो सहयोग पुग्ने प्रमुख खाँणको भनाई छ ।
कार्यक्रममा नगरपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष पदम राज गुरुङले यस्ता कार्यक्रम हरेक मावि स्तरका विद्यालयहरुमा गर्न आवश्यक रहेको भन्दै नयाँ पिँडीलाई सामाजिक, राजनितिक र आर्थिक सचेतनाको विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय वालिङका डिएसपी बसन्त पाठकले वालिङका गाँजा र सुईको माध्यमबाट लागूऔषध प्रयोग गर्ने युवाहरुको संख्या बढि रहेको बताउनुभयो । भारतीय नाका सँग राजमार्ग जोडिएकोेले यहाँका युवाहरु यस्ता कुलतमा अकार्षित रहेको उहाँको भनाई थियो ।
“राम्दी नाकाबाट अत्याधिक प्रयोगकर्ता र कारोबार गर्ने गिरोह समाइरहेका छौँ । यसको निराकरण गर्न कानुनले मात्र सक्दैन अभिभावक पनि सचेत हुन आवश्यक छ” , पाठकले भन्नुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, जिवन वाटिका नेपालका पुर्व अध्यक्ष नविन अर्याल, सहभागि प्रकाश डुम्रे लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रम जिवन वाटिका नेपालका अध्यक्ष समिर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सामाजिक विकास कार्यालयका प्रमुख जिवन पौडेल र सञ्चालन लियो जिल्ला परिषद ३२५ एम नेपालका उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले गर्नुभएको थियो ।
कार्यक्रममा आमा समुहका पदाधिकारी तथा क्लबका पदाधिकारी तथा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा मानसिक स्वास्थ्यका काउन्सिलर रुमा प्रधानले कुलत फस्न नदिन तथा फसेकाहरूलाई कसरी समाजमा पुनरुत्थान गर्नेलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.