वालिङका महिलालाई चप्पल बनाउन सिकाइयो

“सिपमुलक तालिम लिएर आर्थिक अभावमा उद्यमी बन्न नसक्नुभएका महिलाहरुलाई उत्पादनसँग जोडिन नगरले कच्चा पदार्थमा सहयोग गर्छ त्यत्ति मात्र होइन बजारको ग्यारेण्टी पनि हामी गर्छौँ ।”नगरप्रमुख खाँणले बताउनुभयो ।
सुशील सुवेदी
स्याङ्जा ,चैत्र १९

वालिङका महिलाहरुलाई उद्यमी बनाउन एक हप्ते चप्पल बनाउने तालिम सम्पन्न भएको छ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा ४० जना महिलालाई सिपमुलक तालिम प्रदान गरिएको हो ।
समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्ण खाँणले उद्यमी महिलाहरुले केहि गर्न चाहे नगरपालिकाले कच्चा पदार्थमा सहयोग गर्ने बताउनुभयो ।
“सिपमुलक तालिम लिएर आर्थिक अभावमा उद्यमी बन्न नसक्नुभएका महिलाहरुलाई उत्पादनसँग जोडिन नगरले कच्चा पदार्थमा सहयोग गर्छ त्यत्ति मात्र होइन बजारको ग्यारेण्टी पनि हामी गर्छाैं ।” नगरप्रमुख खाँणले बताउनुभयो ।
सोही कार्यक्रममा वालिङ नगरपालिका सामाजिक विकास संयोजक युग पंगेनी, वालिङ प्रोडक्ट होल्डिङ का अध्यक्ष याम बहादुर गुरुङ लगायतले तालिम लिएर प्रमाणपत्रको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै , वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सप्ताहव्यापी तालिम निकै उत्साहजनक सम्पन्न भएको बताउँदै दिदीबहिनीहरुले यसबाट स्वरोजगार सिर्जना गर्दै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
“यस अघि फाइबर झोला निर्माण गर्ने तालिम संचालन गरेका थियौँ । उक्त तालिम लिएर उद्यमी बन्नु गंगा कुमारी रानाले व्यवसायीक रुपमा श्रीसा झोला उद्योग खोलेर वालिङ बजारलाई झोला पु¥याउनु भएको छ । तपाईहरु पनि वालिङ लाई चाहिने चप्पल उत्पादन गर्नुहोस् बजार प्रवद्र्धनमा हामी सहयोग गछौं । ”संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यस्ता तालिमबाट महिलाहरु उद्यमी बन्नेछन् भने नगरभित्र आर्थिक चलायमान पनि बढ्ने ईन्द्र थापाले बताउनुभयो । सानो पूँजीमा व्यवसाय संचालन गर्न सकिने भएकोले महिलाहरु सजिलै आत्मनिर्भर बन्न सक्ने थापाको भनाई छ ।
वालिङ उद्योग वाणिज्य संघले बेला बेलामा सिपमुलक तालिम , कर शिक्षा र समस्यामा परेका व्यवसायीलाई राहत प्रदान गर्दै आएको छ । संघले यसअघि टोमाटो केचअप , जुस निर्माण , व्युटिसियन लगाएतका संचालन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.