प्रेस काउन्सिलले हेर्ने उजुरीमा सिडिओ सुनिता नेपालको तोक

स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको सातौँ महोत्सवमा पत्रकार लामिछानेले लेखेको समाचारलाई आपत्ती जनाएर संघले जिल्ला प्रशासनमा उजुरी हालेको थियो ।

प्रेस काउन्सिलले हेर्ने उजुरीमा सिडिओ सुनिता नेपालको तोक

सुशील सुवेदी
स्याङजा ,बैशाख ०२

समाचार लेखेको विषयमा चित्त नबुझे प्रेस काउन्सिल जान सकिने व्यवस्था छ । तर स्याङजाको जिल्ला प्रशासनले तोक लगाएर समाचार विरुद्धको उजुरी दर्ता गरेको छ । भ्रामक समाचार लेखेको भन्दै पत्रकार रोशन लामिछाने विरुद्ध जिल्ला प्रशासन कार्यालय स्याङजामा उजुरी दर्ता भएको हो ।
स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको सातौँ महोत्सवमा पत्रकार लामिछानेले लेखेको समाचारलाई आपत्ती जनाएर संघले जिल्ला प्रशासनमा उजुरी हालेको थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य लामिछाने कान्तिपुर टेलिभिजनका संवाददाता तथा आँधी खोला एक्सप्रेसका संचालक हुनुहुन्छ ।
गत फागुन ६ देखि १८ गते सम्म संचालन भएको महोत्सवमा “ बक्यौता नतिरी महोत्सव गर्दै उद्योग वाणिज्य संघ ”, “कानुनको अवज्ञा गर्दै मन्त्रीले गरे महोत्सवको उद्घाटन ः प्रशासन अनविज्ञ” , “स्याङजा महोत्सवमा छैनन् गुणस्तरका सामान ” लगाएतका विषयमा आँधी खोला एक्सप्रेस मा समाचार प्रकाशित भएको थियो ।
उद्योग वाणिज्य संघले यी समाचार प्रकाशित भएपछि ८ लाख बक्यौता रकम कर कार्यालयमा दाखिला गरेको थियो । सुर्ती तथा मदिराजन्य उत्पादक कम्पनीले प्रायोजन गरेको स्याङजा महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रि प्रसाद पाण्डेले गर्नुभएको थियो ।
सुर्ती तथा मदिराजन्य बस्तुको प्रचार प्रसार गरिएको ब्यानरमा मन्त्री ले उद्घाटन गरेको भन्दै समाचार प्रकाशित पछि मदिराजन्य प्रचार गरिएको व्यानर हटाइएको थियो । यस्तै समाचारको प्रभावको कारण भएको महोत्सव अनुगमनबाट अखाद्य तथा गुणस्तरहीन बस्तु नष्ट गरिएको थियो ।
संघले यी सबै समाचारलाई भ्रामक भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उजुरीमा तोक लगाएर चलानी नं ४३१५ को पत्र जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो ।
प्रजिअ नेपालले स्याङजा जिल्लामा एक वर्ष तिन महिना बिताएर बिदा हुनुपूर्व तोक लगाएर विवादित बनेको जिल्लाका क्रियाशिल संचारकर्मी हरुको भनाई छ । उहाँ गत चैत २६ गते स्याङजाबाट बिदाइ हुनुभएको हो ।
“संघले उजुरी लिएर प्रशासन आयो । हामीले अनुसन्धान गर्ने विषय होला भनेका थियौँ । पत्रकार सँग जोडिएको कारण संवंन्धित नियमन निकायमा पठाउछौ ।” ,सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी दिपक पौडेलले बताउनुभयो ।
यस विषयमा स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सम्पर्क गर्दा सञ्चारमाध्यम तथा पत्रकारले लेखेको समाचारविरुद्धको उजुरी दर्ता गर्ने र कारबाही गर्ने निकाय प्रशासन नभएको बताउनुभयो । अर्यालले भने, ’हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, तत्कालीन प्रजिअले कारबाहीका लागि पत्र लेख्नुभएछ, यसबारे बुझ्छौं ।’
प्रेस स्वतन्त्रता माथि हनन भएको भन्दै प्रेस काउन्सिलमा जानुपर्ने उजुरी सिडिओले तोक लगाएको विषयमा स्याङ्जाका संचारकर्मी ले आपत्ती जनाएका छन् । मंगलबार प्रेस चौतारी स्याङ्जा शाखाले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय प्रति आपत्ती जनाएको छ ।

प्रेस चौतारी नेपाल स्याङजाको ध्यानाकर्षण पत्र

समाचारको विषयमा आपत्ति भए प्रेस काउन्सिल थियो प्रशासनले तोक लगाएर प्रहरीलाई आदेश दिनु भनेको हाम्रो स्वतन्त्रता माथि दवाव हो प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष मणि प्रसाद अर्यालले बताउनुभयो । अर्यालले भन्नुभयो ,“संचार माध्यममा सार्वजनिक भएको विषयलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल छ , यस्ता उजुरीहरु प्रशासनले दर्ता गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । ”

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.