रुम टु रिडको कार्यक्रम प्रभावकारी भएपछि वालिङमा २० विद्यालय थप

“पछिल्लो ३ वर्ष यता हाम्रो मुल्याङ्कन अनुसार विद्यार्थीको अध्ययन सीप , पढ्ने बानी र सिकाई स्तरमा सुधार आएको पायौँ । आगामी दिनमा सवै विद्यालयमा यो कार्यक्रम लागू गर्छाैं ।” खाँणले बताउनुभयो ।

 

सुशील सुवेदी
स्याङ्जा , बैशाख ०५

रुम टु रिडको प्राविधिक सहयोग , वालिङ नगरपालिकाको आर्थिक सहयोग र सूर्योदय क्लव व्यवस्थापनमा संचालित साक्षरता कार्यक्रम प्रभावकारी भएपछि वालिङ नगरले २० वटा सामुदायिक विद्यालयमा कार्यक्रम थप गरेको छ ।

शुक्रबार नगरपालिका र रुम टु रिड वीच २० सामुदायिक विद्यालयमा यो कार्यक्रम थप गरिएको हो ।

“विद्यार्थीमा सकरात्मक नतिजा आएको देख्यौँ , हाम्रो ६६ वटा सामुदायिक विद्यालय मध्ये ४० वटामा यो कार्यक्रम लागू गर्दै छौँ । ” ,नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।

“पछिल्लो ३ वर्ष यता हाम्रो मुल्याङ्कन अनुसार विद्यार्थीको अध्ययन सीप , पढ्ने बानी र सिकाई स्तरमा सुधार आएको पायौँ । आगामी दिनमा सवै विद्यालयमा यो कार्यक्रम लागू गर्छाैं ।” खाँणले बताउनुभयो ।

कक्षा १ देखि ५ सम्म गत वर्ष १२२८ जनामा यो विधि अवलम्बन गरिएको थियो । नेपाली भाषा बोल्न र पढ्न अप्ठेरो महशुष गर्ने विद्यार्थी खर्र पढ्न सक्ने भएका छन् रुम टु रिडका कार्यक्रम संयोजक टेक बहादुर ढेंगाले बताउनुभयो ।

साक्षरताका कार्यक्रम अन्तर्गत कक्षा १,२ र ३ मा नेपाली भाषाको पठन सिप विकास र कक्षा ३ देखि ५ का विद्यार्थीलाई पुस्तकालयको माध्यमबाट पढ्ने बानीको विकास गराई स्वतन्त्र तथा आत्मनिर्भर पाठक बनाउने कार्यक्रमको उद्धेश्य रहेको ढेंगाको भनाई छ ।

रुम टु रिडको नयाँ रणनीति अनुसार निश्चित विद्यालयमा नमुना प्रदर्शन गरी स्थानीय सरकारसँग साझेदारी गर्दै बढी बालबालिका समेट्ने प्रयास गरिएको बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग ब. कुँवरले बताउनुभयो ।

स्याङजा जिल्लाभर रुम टु रिडले सन् २००२ देखि २०१२ सम्म ७९ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेर कार्यक्रम सुरु गरेको थियो ।

वालिङ नगरपालिका र रुम टु रिड विच भएको सम्झौतामा दुवैपक्ष विचको हस्ताक्षर पछि ।

सन् २०१८ देखि २०२१ सम्म ५५ वटा विद्यालयमा पठन सिप विकास साक्षरताका कार्यक्रम संचालन गरेको थियो ।

सन् २०२२ यता स्याङ्जा जिल्ला भित्र ८ वटा स्थानीय तहको सहकार्यमा ४५० विद्यालयमा साक्षरता कार्यक्रम संचालन गरिएको छ ।

वालिङ नगरपालिका भित्र २० विद्यालयमा कार्यक्रम थप भएसँगै ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा पनि गुणस्तरीय पठन पाठनको पहुँचमा आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.