वालिङका ७९७ सुनौला हजार दिनका आमालाई पोषिलो आहार

सुशील सुवेदी
स्याङ्जा , बैशाख १४

वालिङ नगरपालिकाले सुनौला हजार दिनका ७९७ आमाहरुलाई पोषिलो अहार वितरण गरेको छ ।
मातृशिशु स्वास्थ्य सुदृढ गर्न उप पोषिलो झोला कार्यक्रम अन्तर्गत १४ वटै वडाका सुनौला हजार दिनका आमाहरुलाई अहार प्रदान गरिएको हो ।

यस कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलाहरुलाई चना , आयोडिनयुक्त नुन र अण्डा सर्वोत्तम पिठो जस्ता पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको छ । यस्तै सरसफाई समाग्री अन्तर्गत साबुन , दन्त मन्जन , ब्रस लगाएतका सामाग्री वितरण गरिएको हो ।
नवजात शिशुको शारीरिक , मानसिक र बौद्धिक विकासमा सहयोग गर्न यो कार्यक्रम संचालन गरिएको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो ।

वालिङ १४ स्थित थुमपोखरा स्वास्थ्य चौकीमा आयोजित पोषिलो अहार वितरण कार्यक्रममा बोल्दै तिवारीले स्मार्ट नगर बन्न स्मार्ट नागरिक आवश्यक रहेको भन्दै यो कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा कडा शिघ्र कुपोषणमा रहेका १ जना बालक र २७ जनामा मध्यम कुपोषण देखिएपछि पोषण सम्बन्धी कार्यक्रम प्रभावकारी बनाईएको तिवारीको भनाई छ ।
“स्थानीय सरकारले गाउँ गाउँमा पोषण सहजकर्ता पठाएर कुपोषण हुने बालबालिकाका संख्या शून्यमा झार्ने रणनीति बनाएको छ । ”, स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो ।
यस्तै विद्यालय लक्षित कार्यक्रम अन्तर्गत यहाँका सबै सामुदायिक विद्यालयमा नर्सिङ कार्यक्रम लागू गरिएको छ । वर्षेनी प्रत्येक विद्यालयमा एक दिन स्वास्थ्य परिक्षण , कुपोषण स्क्रिनिङ गरिने अभियान वालिङ नगरपालिकाले संचालन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.