कुक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण
प्रेस दैनिक समाचारदाता
स्याङजा, भदौ ९
कुक तथा किचन हेल्पर तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरको आयोजनामा भएको तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
प्रमाणपत्र वितरण गर्नु हुँदै नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापती तथा संस्थाका सल्लाहकार केदार काफ्लेले दक्ष जनशक्तिको अभाव जताततै रहेको बताउनु भयोे । सिप भएमा मात्रै सहज रुपमा आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“सिपको सही प्रयोगल मात्रै जीवन यापन सहज हुन्छ र आम्दानी पनि राम्रो हुन्छ । स्वदेश तथा विदेश जहाँ रहे पनि सिप अपरिहार्य रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगर सभापती नेत्रप्रसाद पाण्डेले सिप नहुँदा विदेशमा नेपाली युवाहरुले धेरै समस्या भोग्नु परेको जानकारी गराउनु भयो । सिप सिकेर मात्रै विदेश जान उहाँको सुझाव छ ।
सो अवसरमा पत्रकार महासंघ स्याङ्का अध्यक्ष प्रदिप कोईरालाले राम्रो रोजगारीका लागि राम्रो सिप आवश्यक रहेकोमा जोड दिनुभयो ।
पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य तथा पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देल,अशोक तिवारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरका गण्डकी प्रदेश संयोजक राधाकृष्ण डुम्रेको अध्यक्षता तथा स्याङ्जाका संयोजक पुष्पा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमा कुक तथा किचन हेल्परको एक महिने तालिममा सहभागी भएका ६० जना युवा तथा युवतीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्