कास्की कारागारबाट फरार कैदी स्याङजामा पक्राउ
स्याङजा,असोज ६

कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका कैदीलाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका भिरकोट नगरपालिका–३, स्याङजा निवासी यमबहादुर रोका जेन जी आन्दोलनको क्रममा गत २०८२ भदौ २४ गते राति कारागारबाट फरार भएका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा, वडा प्रहरी कार्यालय वालिङ तथा मातहतका सुरक्षाकर्मीको संयुक्त अपरेसन टोलीले असोज ६ गते रोका रहेको घरमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका रोकालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला कारागार, स्याङजा पठाइएको छ।
प्रतिक्रिया राख्नुहोस्