क्रिकेट विकास र स्थायी खेलमैदान निर्माणमा नगर अघि बढ्छ : नगरप्रमुख खाँण

वालिङ नगरपालिका–१३ भट्टेचौरमा तेस्रो वडा स्तरीय पुरुष सुपर सिक्स क्रिकेट प्रतियोगिता–२०८२ सुरु
हुमा तिवारी
वालिङ ,पुष १४

क्रिकेट विकास र स्थायी खेलमैदान निर्माणमा नगर अघि बढ्छ : नगरप्रमुख खाँण

वालिङ नगरपालिका–१३ भट्टेचौरमा तेस्रो वडा स्तरीय पुरुष सुपर सिक्स क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ । “गाउँको विकास युवाको काँधमा” भन्ने मूल नारासहित युथ क्लब अफ पाठखोलाको आयोजनामा प्रतियोगिताको उद्धाटन गरिएको हो ।
सोमबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नगरभित्र क्रिकेट खेलको विकास र स्थायी खेलमैदान निर्माणका लागि स्थानीय सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्मार्ट नगरको अवधारणामा खेलकुद विकास पनि महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो ।

नगरप्रमुख खाँणले खेलकुदले युवालाई अनुशासित, सक्षम र सकारात्मक दिशातर्फ डो¥याउने बताउनुभयो । युवालाई गलत बाटोबाट जोगाउन र स्वास्थ्यप्रति सचेत बनाउन खेलकुद प्रभावकारी माध्यम भएको उहाँको भनाइ थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख खाँणले भन्नुभयो,“वालिङलाई स्मार्ट नगर बनाउने हाम्रो लक्ष्यमा खेलकुद विकास पनि अनिवार्य छ। क्रिकेटप्रति युवाको आकर्षण बढ्दै गएको छ । त्यसैले नगरभित्र स्थायी क्रिकेट मैदान निर्माण गरेर युवालाई खेलकुदमार्फत अघि बढाउने वातावरण बनाउनेतर्फ स्थानीय सरकार गम्भीर रूपमा लागेको छ ।”
उहाँले फुटबल र भलिवलसँगै क्रिकेट खेललाई पनि व्यवस्थित रूपमा अघि बढाइने बताउनुभयो। खेलमैदान, पूर्वाधार र प्रतियोगितामा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। क्रिकेट मैदान निर्माणका लागि उपयुक्त स्थान पहिचान गर्न प्राविधिक परामर्श भइरहेको जानकारी पनि दिनुभयो ।
तेस्रो वडा स्तरीय पुरुष सुपर सिक्स क्रिकेट प्रतियोगिता–२०८२ युथ क्लब अफ पाठखोलाको आयोजनामा सञ्चालन गरिएको हो । २०७० सालमा स्थापना भएको क्लबले युवालाई खेलकुदमार्फत एकताबद्ध गर्दै सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्य लिएको जनाएको छ ।

पौष १४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्याङ्जा, पाल्पा र रुपन्देही जिल्लाका गरी २५ वटा टिम सहभागी छन् । प्रतियोगिताले जिल्लास्तरमै प्रतिस्पर्धात्मक खेलको माहोल सिर्जना गरेको जनाईएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ र द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिएको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट शोभा गैर्हेले प्रतियोगिताको सफलताको कामना गर्नुभयो । उहाँहरूले खेलकुदले युवाबीच आपसी सद्भाव, भाइचारा र नेतृत्व क्षमताको विकास गर्ने बताउनुभयो ।


युथ क्लब अफ पाठखोलाका अध्यक्ष कमल गैर्हेले प्रतियोगिताले युवामा खेलप्रति रुचि बढाउनुका साथै सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक र खेलकुद गतिविधि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.