त्रिशूली किनारमा यात्रुबहाक बस खस्दा १७ को मृत्यु, २४ घाइते
-धादिङ , फागुन ११
धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत चरौदी नजिक पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस आज बिहान त्रिशूली नदी किनारमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
प्राप्त प्रारम्भिक विवरणअनुसार दुर्घटनास्थलमै १७ जनाको शव फेला परेको छ भने २४ जना घाइतेलाई उद्धार गरी धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

इलाका प्रहरी कार्यालय र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य जारी रहेको छ। मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे हालसम्म स्पष्ट खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको छ।
यस घटनाले पुनः पृथ्वी राजमार्ग खण्डको सुरक्षा अवस्थाबारे प्रश्न उठाएको छ। विस्तृत विवरण आउन बाँकी छ।




प्रतिक्रिया राख्नुहोस्