नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सभापतिमा अर्याल
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सभापतिमा दिनेश अर्याल सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार स्याङ्जामा भएको ४० औ अधिवेशनले दोस्रो पटक अर्यालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन अधिकारी रामदत्त पौडेलले बताए ।

सोही अधिवेशनबाट महिला उपसभापति लक्ष्मी थापा , उपसभापति लक्ष्मी कान्त रेग्मी , मन्त्री रामचन्द्र अर्याल , कोषाध्यक्ष महेश बहादुर थापा , उपमन्त्री राजेन्द्रदेव खनाल , उप कोषाध्यक्ष अर्जुन कुमार पौडेल , महिला सदस्य विष्णु सुवेदी—गैह्रे र नर्मदा अर्याल निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा चुडामणि रेग्मी , विष्णु प्रताप खाँण , रोशन लामिछाने , रमेश रेग्मी ,थम नारायण ढकाल , कमल बहादुर खड्का र विश्वेश्वर गिरी निर्वाचित भएका हुन् ।
शनिवार सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति दिनेश अर्यालले सोसाइटीले समाजिक काममा अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गरे । डायलाइसिस सेन्टरमा रगतको माग बढेपछि जिल्ला रेडक्रसको पहलमा जिल्लाको २ वटा स्थानमा वल्ड बैँक स्थापना गरिएको अर्यालको भनाई छ ।
“वालिङ र स्याङ्जामा वल्ड बैंक स्थापना भएसँगै सेवाग्राहीले रगतको समस्या भोग्नुपरेको छैन ”, नवनिर्वाचित अर्याल भन्छन् , “यो कार्यकाल वल्ड बैंकको नियमित संचालनार्थ एक करोड आर्थिक संकलन अभियान शुरुवात गर्ने घोषणा गरिएको छ ।”
आर्थिक संकलन कार्यक्रम आजैबाट सुरु भएको नवनिर्वाचित कोषाध्यक्ष महेश बहादुर थापाले बताए । उनका अनुसार अक्षयकोष स्थापना गर्न एक करोड अभियान संकलन गर्ने निर्णय भएकै दिन कोषमा ५० हजार संकलन भएको छ । रुकमणी रेग्मी र तारा प्रसाद रेग्मीले कोषमा सहयोगार्थ २५∕२५ हजार सहयोग गरेका छन् । सहयोगी दातालाई जिल्ला रेडक्रस सोसाइटीले विशिष्ठ सदस्यको प्रमाण पत्र प्रदान गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्