स्याङ्जाको बङ्गुर फर्ममा देखियो अफ्रिकन स्वाइन फिबर : विरुवामा बङ्गुर ओसार पसार गर्न बन्देज
प्रयोगशालाको नतिजा पोजेटिभ आएपछि विज्ञ केन्द्रले जैविक सुरक्षा कडाइको साथ पालना गर्न अनुरोध गरेको छ ।
जिल्लामा जोखिम बढ्न सक्ने भन्दै संक्रमित क्षेत्रको बङ्गुर प्रयोग गर्न नहुने विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बताए । श्रेष्ठ भन्छन् ,“बङ्गुर पालक कृषकले जैविक सुरक्षा कडाइको साथ पालना गर्नुपर्यो । ”

छिमेकी पालिकाहरुमा अफ्रिकन स्वाइन फिबरको संक्रमण भेटिएपछि विरुवा गाउँपालिकाले बंगुर,सुँगुर र बँदेलको ओसार पसार पूर्ण रुपमा बन्द गरेको छ ।
पुतलीबजार १० को केही बङ्गुर फर्ममा संक्रमण देखिएपछि यसको संक्रमणबाट जोगिन बङ्गुरको ओसार पसारमा रोक लगाईएको विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुवँरले बताए ।
पुतलीबजार १० का प्रसाद गुरुङले दाङबाट ल्याएको १० वटा बङ्गुरमा उच्च ज्वरो आउने , रातो धब्बा देखिने , खाना नखाने , वान्ता गर्ने जस्ता लक्षण देखिएर ३ वटा बङ्गुरको मृत्यु भएको थियो । मृत्यु भएको बङ्गुरमा अफ्रिकन स्वाइन फिबरको लक्षण मिल्दोजुल्दो देखिएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले र्यापिड एन्टिजेन टेष्ट गर्न भित्रि अंगहरु अन्वेषण प्रयोगशाला पोखरा पठाएको थियो ।प्रयोगशालाको नतिजा पोजेटिभ आएपछि विज्ञ केन्द्रले जैविक सुरक्षा कडाइको साथ पालना गर्न अनुरोध गरेको छ ।
जिल्लामा जोखिम बढ्न सक्ने भन्दै संक्रमित क्षेत्रको बङ्गुर प्रयोग गर्न नहुने विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बताए । श्रेष्ठ भन्छन् ,“बङ्गुर पालक कृषकले जैविक सुरक्षा कडाइको साथ पालना गर्नुपर्यो । ” बाहिर बाट आयात हुने बङ्गुरबाट यसको संक्रमण फैलिएको श्रेष्ठको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्