स्याङ्जा महोत्सवले जिल्लाको पहिचान झल्काउने

महोत्सवमा स्याङ्जाको विभिन्न लोकप्रिय खोला(आँधीखोला, ज्याग्दीखोला, दरौँखोला) को माछाको परिकार र लोपोन्मुख माछाको प्रदर्शनी गरीने मूल आयोजक समितिका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए ।

“स्याङ्जा महोत्सवको आधार , कृषि पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार ” भन्ने नारा सहित ७ औँ स्याङ्जा महोत्सव फागुन ६ गते देखि संचालन हुने भएको छ ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको ८० प्रतिशत काम सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जनाकारी गराइएको छ ।

यो महोत्सवले स्याङ्जाको कफी र सुन्तलालाई ब्राण्डको रुपमा स्थापित गर्नेछ । यस्तै , देशकै पहिलो होमस्टे सिरूबारी होमस्टेले आफ्नो पहिचान झल्किने रहन सहन प्रदर्शनी गर्नेछ ।

महोत्सवमा स्याङ्जाको विभिन्न लोकप्रिय खोला(आँधीखोला,ज्याग्दीखोला,दरौँखोला) को माछाको परिकार र लोपोन्मुख माछाको प्रदर्शनी गरीने मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए ।

झण्डै २२० वटा स्टल मध्ये ५० वटा स्टल कृषिको हुनेछ । फागुन ६ देखि १८ गते सम्म संचालन हुने महोत्सवमा १ करोड १ लाख आम्दानी , ९५ लाख २० हजार खर्च र ५ लाख ८० हजार बचत हुने अनुमान गरीएको छ ।

महोत्सवमा टिकटको आम्दानी बाट भएको ५ प्रतिशत संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्न खर्च गरीने आयोजकले जनाएको छ ।

यस्तै , महोत्सव सम्पन्न भएपश्चात महिला उद्यमी विकास कोष , व्यवसायी हित कोष स्थापना गरेर उद्योगीहरुको हकहितमा काम गरीने मूल आयोजक समितिका संयोजक महादेव श्रेष्ठले बताए ।

महोत्सवमा कला संस्कृती अन्तर्गत रत्यौली,भजन,नृत्य,पञ्चेबाजा लगायतको प्रतियोगिता हुनेछ ।

पछिल्लो समय देशभरका मेला महोत्सवमा नारा एकातिर काम एकतिर हुने गरेको विकृति प्रति जिल्लाका पत्रकारले सम्मेलनमा प्रश्न गरेका थिए । कृषि र पर्यटनको नारा लगाएर महोत्सव गर्ने तर पिङ खेलाएर पैसा अन्यत्र जाने प्रति महोत्सव आयोजकले ध्यान दिनुपर्ने संचारकर्मीको सुझाव थियो ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष प्रदिप कोइराला , पूर्व अध्यक्ष ओम शर्मा , कोषाध्यक्ष जोगराज पाठक , प्रेस चौतारी गण्डकी प्रदेशका सचिव गोपाल जिटी ,सदस्य नारायण कोइराला लगायतले प्रश्न राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.