वालिङ ५ का महिलालाई बीउ पाठी उपहार

वालिङ का महिलालाई बीउ पाठी उप­हार

प्रे.दै संवाद्दाता

वालिङ माघ २६

स्याङ्जाको वालिङ नगरपालिका का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको स्थानीय दिप्का बडहरेस्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङनगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजनाअन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो

कार्यक्रममा बोल्दै वडा नं. का वडाअध्यक्ष छबी आलेले महिलाहरुलाई उत्पादनमा जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए  वडाको सहकार्यमा परियोजना मार्फत विभिन्न कार्यक्रम भईरहेको भन्दै वडा अध्यक्ष आलेले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनसवैको सक्रियता आवश्यक रहने बताए

कार्यक्रममा पूर्ब वडा अध्यक्ष ढाकाराम पंगेनीले सामान्य घरायसी खर्च आफैले जुटाउनु पर्ने बताए समूहमा आवद्ध भएर काम गर्दा सहज हुनेभन्दै भविष्यका लागि बचत गर्न समेत सुझाव दिए 

समूहकी अध्यक्ष एकमाया मल्लले समूह गठनको छोटो समयमा नै सुधारिएको खोर निर्माण,नियमित बचत जस्ता काम सुरु गरिसकेको बताईन् महिलाहरु बिच सामुहिकताको भावनमा विकास गर्न कार्यक्रमले सहयोग गरेको उनको भनाई

कार्यक्रम अन्तरगत दिप्का बडहरे महिला स्वावलम्वी  समूहका १७ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजना संयोजक राधाकृष्णडुम्रेले जानकारी दिए 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.