असावधानीले पोखरा भ्रमण वर्षको उद्घाटनमा “आगो”
असावधानीले पोखरा भ्रमण वर्षको उद्घाटनमा “आगो”
प्रे.दै संवाददाता
फागुन ३
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् ।
भ्रमण वर्ष उद्घाटन गर्न बेलुन उडाएर पटका पडकाउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको हो ।
प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री पौडेल र कार्यक्रमको सभापति मेयर आचार्यको गालामा आगोको झिल्काले पोलेको थियो।
‘पोखरा पर्यटन भ्रमण वर्ष २०२५’ को उद्घाटन समारोहमा असावधानीको कारण दुर्घटना भएको जानकारहरूको भनाई छ ।
हाइड्रोजन ग्याँस भरेर उडाउन तयार गरिएको बेलुनमा आगोको झिल्को परेपछि बेलुनहरू एकसाथ पड्किएर आगोको मुस्लो निस्किएको हो।
घाईते दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमा काठमाण्डौ लगिएको छ।

प्रतिक्रिया राख्नुहोस्