सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र बनाएर ६.१ रेक्टरको भुकम्प
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र बनाएर ६.१ रेक्टरको भुकम्प

प्रेस दैनिक संवाददाता
फागुन १६
शक्रबार विहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र भएर ६.१ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथाअनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाडौ लगाएत देशका विभिन्न स्थान र छिमेकी देश भारत र चिनमा समेत यसको धक्का महशुष भएको छ ।
भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।
यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
नेपालमा विभिन्न समयमा विनाशकारी भूकम्पहरू आएका छन्, जसले ठूलो जनधनको क्षति पुर्याएको छ ।
नेपालको ठूलो भूकम्प कहिले कहिले आयो
वि.सं. १२१८ (सन् ११६१) गएको भुकम्प नेपालमा अभिलेखित पहिलो विनाशकारी भूकम्प हो। यस भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो, र काठमाडौँ उपत्यकाको एकतिहाइ जनसङ्ख्यामा असर परेको थियो।
यस्तै , वि.सं. १३१६ (सन् १२५९): यस भूकम्पले मुलुकमा महामारी र अनिकाल निम्त्याएको थियो। यद्यपि, यसबाट भएको क्षतिको विस्तृत विवरणउपलब्ध छैन।
वि.सं. १४६५ (सन् १४०८): यस भूकम्पले रातो मच्छिन्द्रनाथ मन्दिरलगायत दर्जनौं मन्दिरहरू ध्वस्त भएका थिए। जमिनमा ठूल्ठूला चिरा परेका कारणपानीका मुहानहरू सुक्न पुगेका थिए।
वि.सं. १८९० (सन् १८३३): भदौ १२ गते साँझ करिब ६ बजे गएको यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, र बनेपालाई नराम्ररी प्रभावित पार्यो।काठमाडौँमा रहेका दुई धरहरामध्ये एक पूर्ण रूपमा ढलेको थियो भने अर्को आधा मात्र बाँकी रहेको थियो।
वि.सं. १९९० (सन् १९३४): माघ २ गते गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएको थियो। यसमा करिब८,५१९ जनाको मृत्यु भएको थियो, जसमा काठमाडौँ उपत्यकामा मात्र करिब ४,५०० जनाले ज्यान गुमाए। दुई लाखभन्दा बढी संरचना ध्वस्त भएकाथिए।
वि.सं. २०४५ (सन् १९८८): भदौ ५ गते बिहान पौने पाँच बजे उदयपुरको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको थियो। यसमाकरिब ७५० जनाले ज्यान गुमाए र ६,५०० भन्दा बढी घरहरू भत्किए।
वि.सं. २०७२ (सन् २०१५): वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गएको थियो। यसमा करिब८,८०० जनाको मृत्यु भएको थियो र २२,३०० भन्दा बढी घाइते भएका थिए। करिब ६ लाख घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए।
यी भूकम्पहरूले नेपाललाई ठूलो जनधनको क्षति पुर्याएका छन्। भूकम्पीय जोखिमलाई न्यूनिकरण गर्न र सुरक्षित संरचना निर्माण गर्न आवश्यक छ।
प्रतिक्रिया राख्नुहोस्