हरिनास गाउँपालिकामा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन हुने
हुमा तिवारी
स्याङजा , साउन १८
सरकारी सेवामा प्रवेश गर्ने चाहना राख्ने युवायुवतीहरूका लागि हरिनास गाउँपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले विशेष रूपमा दलित, आदिवासी, जनजाति, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरू, महिला तथा विपन्न खसआर्य समुदायकालागि लक्षित गरेर उक्त कार्यक्रम ल्याएको हो। सामाजिक समावेशिता र समान अवसरको सुनिश्चितता गर्ने उद्देश्यले कक्षा सञ्चालन गर्न लागिएकोगाउँपालिकाले जनाएको छ।
“हामीले यस कार्यक्रममार्फत गाउँपालिका भित्रका युवाहरूलाई सरकारी सेवामा प्रतिस्पर्धा गर्न सक्ने स्तरको बनाउने प्रयास गरेका छौं,” गाउँपालिकाअध्यक्ष खिम नारायण मानन्धरले भन्नुभयो , “यो अवसर उनीहरूको भविष्य निर्माणका लागि एक महत्वपूर्ण आधार बन्नेछ।”
कार्यक्रममार्फत सहभागीहरूले लोक सेवा आयोगद्वारा सञ्चालन हुने प्रारम्भिक र मुख्य परीक्षाको तयारी गर्न आवश्यक पर्ने पाठ्यक्रम, अभ्यास, रणनीति र परामर्श सेवा प्राप्त गर्नेछन्। कक्षा निःशुल्क हुने भएकाले इच्छुक उम्मेदवारहरूले समयमै दर्ता गर्न आग्रह गरिएको छ।
कक्षा सञ्चालनको समय, स्थान र दर्ता प्रक्रिया सम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ।
गाउँपालिकाले सबै सरोकारवालालाई जानकारी फैलाउन आग्रह गर्दै, अधिकभन्दा अधिक योग्य व्यक्तिहरूलाई सहभागितामा प्रोत्साहित गर्न आह्वान गरेको छ।



प्रतिक्रिया राख्नुहोस्