रुपन्देहीका एक युवा लागू औषध सहित स्याङ्जामा पक्राउ

लागू औषध सहित एक युवा पक्राउ

स्याङ्जामा एक युवा लागू औषध सहित पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका—१ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा चेकजाँचको क्रममा एक युवा पक्राउ परेका हुन् । रुपन्देही सिद्धार्थनगर नगरपालिका—१३ देवकोटा चोकका १९ बर्षीय अंगत सेन्चुरी लाई निट्राभेट—१० नामको ३०० ट्याबलेट सहित प्रहरीले नियन्त्रणमा लिएको हो । बुटवल बाट पोखरा तर्फ जाँदै गरेको बा.प्र.
०१—००६ ख. ३७४२ नं को हाईसमा सवार सेन्चुरी को साथबाट लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए ।

सेन्चुरी लाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.