वालिङ जेसीज वर्ष २०२५ को अध्यक्षमा कँडेल निर्वाचित

वालिङ जेसीज बर्ष २०२५ को अध्यक्षमा सन्दीप कँडेल निर्वाचित भएका छन् । वालिङ—८ स्थित रेडपिपर पार्टी प्यालेसमा बुधवार आयोजित २१ औ पदस्थापन कार्यक्रमबाट कंडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यकारिणी उपाध्यक्षमा विदुर कोइराला र युधिष्ठिर गैह्रे निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा सन्तोष रेग्मी ,श्रीराम लम्साल ,विष्णु पंगेनी र रेशम रेग्मी निर्वाचित भएका छन् ।

सोही पदस्थापन कार्यक्रमबाट कानुनी सल्लाहाकार सुदिप अर्याल,महासचिव भानुभक्त आचार्य र कोषाध्यक्ष करुणा काफ्ले मनोनीत भएका छन् ।
सोही अवसरमा नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकोमा वालिङ जेसीजका पूर्व अध्यक्ष मणि प्रसाद अर्याललाई सम्मान गरिएको थियो । यस्तै वालिङ जेसीज मानार्थ सदस्य दिलीप प्रताप खाँण गरिमा विकास वैंकको अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको वालिङ जेसीजका निर्वतमान अध्यक्ष यज्ञ पुरुष रिजालले बताए ।

वालिङ जेसीज मानार्थ सदस्य दिलीप प्रताप खाँण गरिमा विकास वैंकको अध्यक्षमा निर्वाचित भएकोमा सम्मान
नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकोमा वालिङ जेसीजका पूर्व अध्यक्ष मणि प्रसाद अर्याललाई सम्मान

१८ देखि ४० वर्षसम्मका युवाहरुलाई नेतृत्व विकास गर्ने उदेश्यले विश्वव्यापी संस्थाको रुपमा जेसीजको स्थापना भएको हो । वालिङ जेसीज भने २००४ मा स्थापित संस्था हो ।
वालिङ पिङ्क सिटीको अवधारणा अघि सारेको यस संस्थाले गुलाबी सहर निर्माण गर्ने उदेश्यले एक घर एक गुलाब कार्यक्रम समेत संचालन गरेको थियो । स्थानीयस सरकारलाई संसदीय अभ्यासको तालिम , युवाहरुलाई नेतृत्व विकास , प्रतिक्षालय निर्माण ,विपदमा सहयोग लगाएत विभिन्न कार्यहरु गर्दै आएको छ ।
२१ औ पदस्थापनमा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष कंडेलले विगतको भन्दा अझ सशक्त र नमुना कार्य गर्ने जनाएका छन् ।
सोही कार्यक्रममा गण्डकी प्रदेश सदस्य कल्पना तिवारी, नेपाली काँग्रेस नगर सभापति नेत्र पाण्डे , नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल , वालिङ उधोग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.