जापान सरकारद्वारा वालिङसहित देशभरका १२ स्थानीय तहलाई अत्याधुनिक दमकल सहयोग

जापान सरकारद्वारा वालिङ सहित देशभरका १२ स्थानीय तहलाई अत्याधुनिक दमकल सहयोग

सुशील सुबेदी, स्याङजा१८ कार्तिक

नेपालमा आगलागी नियन्त्रण, उद्धार कार्य आपतकालीन सेवा सुदृढीकरणका लागि जापान सरकारले स्याङजाको वालिङ नगरपालिका सहितदेशभरका १२ वटा स्थानीय तहलाई अत्याधुनिक दमकल (फायर ट्रक) हस्तान्तरण गरेको छ। करिब एक करोड रुपैयाँ मूल्यको यी दमकलहरूअत्याधुनिक उपकरणसहितका छन्, जसमा पानी रासायनिक दुवै पदार्थ प्रयोग गर्न सकिने सुविधा रहेको छ। यो सहयोग जापान सरकारको ग्रान्टअसिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (GGP)” कार्यक्रम अन्तर्गत प्रदान गरिएको हो।

परियोजनाको कार्यान्वयन भोलिन्टियर कर्भस नेपाल युनाइटेड मिसन टु नेपाल नामक दुई गैरसरकारी संस्थामार्फत गरिएको हो। दमकलहस्तान्तरणको कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. १९ हेडक्वाटरमा सम्पन्न गरिएको थियो।

नेपालमा हरेक वर्ष सयौं आगलागीका घटनामा जनधनको ठूलो क्षति हुने गरेको छ। धेरैजसो घटनामा दमकलको पहुँच नहुँदा स्थानीय तहहरू प्रभावितहुने गरेका छन्। ग्रामीण अर्धशहरी क्षेत्रमा अझै पनि आगलागी नियन्त्रणका लागि पर्याप्त साधनस्रोत जनशक्ति अभाव रहेको पृष्ठभूमिमा जापानसरकारको यो सहयोग अत्यन्तै महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

भोलिन्टियर  कर्भस नेपालका अध्यक्ष दीपक चापागाईकको अनुसार, जापान सरकारको यस सहयोगले नेपालमा आपतकालीन सेवाको स्तरमा गुणात्मक सुधार ल्याउनेछ। उहाँका अनुसार, प्रदान गरिएको दमकलमा पानीका साथै रासायनिक पदार्थ प्रयोग गर्न सकिने भएकाले ठूला उद्योग, पेट्रोलपम्प, बजार क्षेत्र आवासीय क्षेत्रमा हुने आगलागी नियन्त्रणमा यो निकै प्रभावकारी हुनेछ।

चापागाईले भन्नुभयो , अहिले प्रदान गरिएको १२ वटा दमकल विभिन्न प्रदेशका स्थानीय तहहरूलाई वितरण गरिएको छ। यीमध्ये वालिङ नगरपालिका गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै यो सहयोग प्राप्त गर्ने एक नगरपालिकाको रूपमा रहेको छ। उहाँ भन्नुहुन्छ , “यो केवल उपकरण हस्तान्तरण मात्र होइन, यो नेपालको स्थानीय तहलाई आपतकालीन सेवा सशक्त बनाउने दिशामा जापान सरकारको प्रतिबद्धताको उदाहरण हो।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जापान सरकार परियोजना साझेदार संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै भन्नुभयो , “यो दमकल केवलवालिङ नगरभित्र सीमित हुने छैन। हामी यसलाई छिमेकी गाउँपालिका जिल्लामा समेत आवश्यक परेमा परिचालन गर्नेछौं।

उहाँका अनुसार, हाल वालिङ नगरपालिकामा वार्षिक रूपमा दर्जनौ आगलागीका घटना हुने गर्छन्। तीमध्ये धेरै घटनामा स्थानीय स्रोत सहयोगको भरमा मात्र आगो नियन्त्रण गर्नुपर्दै आएको थियो।

खाँणले  भन्नुभयो , “अब अत्याधुनिक दमकल उपलब्ध भएपछि नगरवासीहरूलाई थप सुरक्षित महसुस हुनेछ। हामी यस दमकललाई प्रयोगमा ल्याउन आवश्यक जनशक्ति तालिमका लागि पनि तयारी गर्दैछौं।

वालिङ नगरपालिकाले प्राप्त गरेको दमकलले आपतकालीन सेवामा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी बजार क्षेत्र, विद्यालय, पेट्रोलपम्प, तथा बस्ती नजिक रहेका क्षेत्रमा आगलागी नियन्त्रणमा यो उपकरणले प्रभावकारी भूमिका खेल्नेछ

स्याङजा जिल्लामा गत आव मा मात्रै ३१ वटा आगलागीको घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको जनाको ज्यान गएको भने एक करोड तिन लाख बराबरको आर्थिक क्षति भएको प्रहरी नायव उपरिक्षक प्रसन्न राज चौधरीले बताउनुभयो

सन् १९९१ देखि सञ्चालनमा आएको जापान सरकारको ग्रान्ट असिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) कार्यक्रमले नेपालमा हालसम्म २०० भन्दा बढी परियोजना कार्यान्वयन गरिसकेको छ। ती परियोजनाहरूमा विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा विस्तार, खानेपानी प्रणालीसुधार, सडक निर्माण, आपतकालीन सेवाको सुदृढीकरण जस्ता क्षेत्रमा जापान सरकारको सहयोग रहँदै आएको छ।

यस कार्यक्रममार्फत हस्तान्तरण गरिएका दमकलहरू कोशी, लुम्बिनी, मधेश, बागमती गण्डकी प्रदेशका १२ वटा नगरपालिकामा वितरण गरिएकोहो। सहयोग प्राप्त नगरपालिकाहरूले आफ्ना क्षेत्रका आगलागी जोखिम न्यूनीकरणका लागि यी दमकलको अधिकतम प्रयोग गर्ने प्रतिबद्धता जनाएकाछन्।

जापान सरकारले यस परियोजनामार्फत नेपालमा मानवीय सुरक्षा को सिद्धान्तलाई मूर्त रूप दिँदै आएको छ। यस अन्तर्गत आपतकालीन अवस्थाबाट नागरिकको जीवन सम्पत्ति जोगाउने, स्थानीय तहलाई स्वावलम्बी बनाउने उद्देश्य राखिएको छ।

वालिङ १४ का स्थानीय बासिन्दा मोहन खनाल  भन्नुहुन्छ, “अत्याधुनिक दमकलले बजार क्षेत्रको ठूला आगलागी नियन्त्रणले धनजनको मात्रै होईनमानविय क्षति पनि निराकरण गर्ने विश्वास लिएका छौँ

वालिङ नगरपालिकाले दमकल हस्तान्तरणसँगै आगलागी रोकथाम सुरक्षित व्यवहारसम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ।विद्यालय, उद्योग, पेट्रोलपम्प बजार क्षेत्रका व्यवसायीहरूलाई लक्षित गरी आगो लाग्दा अपनाउनुपर्ने सावधानी प्राथमिक उपचारका बारेमा तालिम सञ्चालन गरिने जनाइएको छ।

सहयोग प्राप्त नगरपालिकाहरूले अब आगामी वर्षदेखि दमकल सञ्चालन मर्मतका लागि आवश्यक बजेट छुट्याउने, चालक प्राविधिक तालिमदिने, आपतकालीन तयारी योजनालाई संस्थागत रूप दिने योजना अघि सारेका छन्।

स्थानीय सरकारले यस्ता सहयोगात्मक परियोजनाले केन्द्र प्रदेश सरकारबीचको समन्वय सुदृढ गर्ने आपतकालीन सेवा प्रणालीमा दीगो सुधारल्याउने विश्वास लिएका छन्।

जापान सरकारद्वारा हस्तान्तरण गरिएको यो सहयोगले नेपालका स्थानीय तहमा आगलागी नियन्त्रण प्रणालीको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको छ।यसले आपतकालीन सेवाको पहुँच विस्तार मात्र होइन, नागरिकको जीवन सम्पत्तिको सुरक्षामा पनि दीर्घकालीन टेवा पुर्‍याउनेछ।

नेपालका ग्रामीण क्षेत्रदेखि शहरी नगरसम्म आगो नियन्त्रणमा नयाँ अध्याय सुरु भएको यो सहयोग नेपालजापान सम्बन्धको अर्को ऐतिहासिक उपलब्धि मानिएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.