खोटाङमा हेलीकोप्टर दुर्घटना, मानवीय क्षति भएन
खोटाङ, चैत ४ — खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा आज एक हेलीकोप्टर दुर्घटनामा परेको छ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलीकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
हेलीकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा असन्तुलित भएको
केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो । सुरुमा डिलमा अवतरण गर्न लागेको हेलीकोप्टरलाई पुनः उठाएर बारीको बीच भागमा लैजान खोज्दा दुर्घटना भएको उनले जानकारी दिननुभयो।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।




प्रतिक्रिया राख्नुहोस्