चल्दो जिपभित्रै नाबालिकामाथि ’ब्याड टच’ — सार्वजनिक सवारी चालक पक्राउ, सात दिने म्याद थप

सार्वजनिक सवारीमै असुरक्षा: १६ वर्षीया किशोरीमाथि दुव्र्यवहार आरोपमा चालक पक्राउ
प्रे.दै संवाददाता
स्याङजा , चैत १८ गते
पोखराबाट वालिङतर्फ जाँदै गरेको सार्वजनिक सवारीभित्रै १६ वर्षीया नाबालिकामाथि अशोभनीय व्यवहार तथा ’ब्याड टच’ गरेको आरोपमा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार घटना २०८२ चैत १६ गते दिउँसो करिब १ः३० बजे घटेको हो । ग १ ज ७०६६ नं को सवारीमा यात्रा गरिरहेकी किशोरीमाथि चालकले दुव्र्यवहार गरेको आरोप लागेपछि सोही दिन प्रहरीले वालिङ नगरपालिका–१ रामबाच्छा बाट उक्त व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउमा परेका व्यक्ति विरुवा गाउँपालिका—७, निवासी ४९ वर्षीय अन बहादुर गुरुङ हुन् । उनीमाथि लागेको आरोप अदालतमा अझै प्रमाणित भइसकेको छैन ।
घटनाको थप अनुसन्धानका लागि स्याङ्जा जिल्ला अदालतले ७ दिनको म्याद थप गरिदिएको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले यस्ता संवेदनशील मामिलामा कडाइका साथ कारबाही गर्ने र यात्रु सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.