वालिङको शैक्षिक सुधारको लागि राजधानीमा अन्तरक्रिया
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्सालले अहिले भैरहेको स्रोत साधन प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।उनले भने , “साना साना कुराले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्धत गर्छन् , हामिले यसलाई कार्यान्वयन गर्नुपर्यो ।” कार्यक्रममा सहभागी शिक्षाविद्हरुले वालिङको पूर्णामृत माध्यमिक विद्यालयलाई नयाँ ढङ्गबाट अघि सार्नुपर्ने धारणा व्यक्त गरे ।

सुशील सुवेदी
स्याङ्जा , माघ २८
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएपछि वालिङ नगरपालिकाले राजधानीमा शैक्षिक अन्तरक्रिया गरेको छ । सामुदायिक विद्यालयमा शिक्षा खस्कीनुको कारण र यसको समाधान विषयक अन्तरक्रियामा शिक्षाविद्हरुले सामुदायिक विद्यालय प्रति अविश्वासको कारण यसको आकर्षण घट्दै गएको निष्कर्ष निकालेका छन् ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्सालले अहिले भैरहेको स्रोत साधन प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।उनले भने , “साना साना कुराले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्धत गर्छन् , हामिले यसलाई कार्यान्वयन गर्नुपर्यो ।”
कार्यक्रममा सहभागी शिक्षाविद्हरुले वालिङको पूर्णामृत माध्यमिक विद्यालयलाई नयाँ ढङ्गबाट अघि सार्नुपर्ने धारणा व्यक्त गरे ।
सोही कार्यक्रममा नगरपालिकाका शिक्षा सल्लाहकार प्रल्हाद अर्यालले अंग्रेजी माध्यमको आकर्षणले मुलुकका दक्ष जनशक्ति बाहिर पठाउने शिक्षा प्रदान गरेको प्रति चिन्ता व्यक्त गरेका थिए । उनले भने , “अंग्रेजी शिक्षाको नाममा विदेश धकेल्ने शिक्षा प्रदान गरिरहेका छौँ , यो मुलुकको लागि दुर्भाग्य हो ।”
सोही कार्यक्रममा प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल , सीटीईभीटीका पूर्व निर्देशक डा.अग्नी प्रसाद काफ्ले , वालिङ नगरपालिकाका सल्लाहाकार तथा
प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल , विष्णु बहादुर द्वारे ,डा.लेखनाथ पाठक , सालिक सुवेदी,तारा सुवेदी र हिमालयन ह्वाईट हाउसका प्रिन्सिपल तोयानाथ पौडेल लगायतले सामुदायिक विद्यालयलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान आर्जन गर्न सकिने थलोको रुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा नगर शिक्षा प्रमुख ख्याम नारायण काफ्ले , वडा अध्यक्ष , विद्यालय व्यवस्थापन समितका अध्यक्ष , संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
वालिङ नगरपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने कार्यविधि निर्माण गरेर सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण थप्ने खालको कार्यक्रम अघि सार्ने नगरप्रमुख कृष्ण खाँणले बताए ।
वालिङमा शैक्षिक हब बनाउनको लागि पुरानो संरचना भन्दा फरक ढङ्गले आधुनिक शिक्षा नीति अघि सार्न खोजिएको खाँणको भनाई छ ।
उक्त अन्तरक्रिया कार्यक्रम नेश्नल कलेज अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीको सभाहलमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्