आलमदेवी दर्शन गर्न पूर्व राजा स्याङ्जामा
अब जनताले देशको लागि राजा खोजेको बताउँदै पाण्डे भन्छन् , “ अस्ती ७ गतेको सम्बोधनबाट राजाको सक्रियता अझ बढेको छ , शक्ति प्राप्तीको लागि आलमदेवी दर्शन गर्न सरकारको सवारी भएको हो । ’’

सुशील सुवेदी
स्याङ्जा , १२ फागुन
पूर्व राजा ज्ञानेन्द्र शाह आलमदेवी दर्शन गर्न स्याङ्जा आएका छन् । राजपरिवारको कुल देवताको रुपमा प्रख्यात रहेको आलमदेवी मन्दिर दर्शन गर्न परिवार सहित सोमवार वालिङ आएका हुन् ।
मंगलबार विहान कालिगण्डकी ३ मा रहेको आलमदेवी मन्दिर पुग्ने र पूजा गर्ने कार्यक्रम रहेको वीर गोर्खाली अभियान्ता बसन्त विक्रम पाण्डेले जानकारी दिए ।
अब जनताले देशको लागि राजा खोजेको बताउँदै पाण्डे भन्छन् , “ अस्ती ७ गतेको सम्बोधनबाट राजाको सक्रियता अझ बढेको छ , शक्ति प्राप्तीको लागि आलमदेवी दर्शन गर्न सरकारको सवारी भएको हो । ’’
यो देश बैद्धिक मूल्य र मान्यतालाई आत्मसाथ गरेर राजा र प्रजा मिलेर निर्माण गरेको मुलुकले देशलाई निकाश दिन अब फेरी राजा खोजेको पाण्डेको भनाई छ ।
आज वालिङ स्थित होटल भेनसमा बास बस्ने र भोली मंगलबार विहान शाह परिवारले आलम देवीको दर्शन गर्ने कार्यक्रम रहेको छ । आलमदेवी मन्दिरमा कुनै औपचारिक कार्यक्रम नहुने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्