अति अशक्त को घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान
शारिरिक रुपमा पूर्ण अपाङ्गता भएकी भुषालको निवासमा पुगेर वालिङ नगर उपप्रमुख कविता तिवारी (गैह्रे)ले अपाङ्गता परिचयपत्र प्रदान गर्नुभएको छ ।
शारिरिक रुपमा पूर्ण अपाङ्गता भएकी भुषालको निवासमा पुगेर वालिङ नगर उपप्रमुख कविता तिवारी (गैह्रे)ले अपाङ्गता परिचयपत्र प्रदान गर्नुभएको छ ।

सुशील सुवेदी
वालिङ , चैत्र ५
उमेरले ६५ पुग्नु यामकुमारी भुषाल गत भदौमा उच्च रक्तचापले ढल्नुभयो । रक्तचापको कारण ब्रेन ह्यामरेज मात्र भएन एक हर नचल्ने भएपछि बिस्तरामा थला परेको ७ महिना भयो ।
शारिरिक रुपमा पूर्ण अपाङ्गता भएकी भुषालको निवासमा पुगेर वालिङ नगर उपप्रमुख कविता तिवारी (गैह्रे)ले अपाङ्गता परिचयपत्र प्रदान गर्नुभएको छ ।
मंगलबार नगरपालिकाको कार्यकक्षबाट ५ वटा नयाँ परिचयपत्र प्रदान गरिएको छ भने १५ वटा पुरानो अपाङ्गता परिचय पत्र नविकरण गरेर वितरण गरिएको गैह्रेले बताउनुभयो ।
ग र घ बर्गको परिचयपत्र प्राप्त गरेका लाभग्राहीलाई वालिङ नगरपालिकाले निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरेको छ । यस्तै , पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिको संरक्षक स्याहार सुसार लागि वालिङ नगरपालिकाले मासिक पाँच सय रुपैँया प्रदान गर्ने निर्णय गरेको उपप्रमुख गैह्रेले बताउनुभयो ।
अहिले वालिङ नगरभित्र ६ सय जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन् । स्थानीय सरकार आए महिला तथा बालबालिका शाखा मार्फत ४ सय ५९ जनाले परिचयपत्र नगरबाट नै प्राप्त गरेको शाखा प्रमुख उमा डुम्रेले बताउनुभयो ।
वालिङ नगरपालिकाले प्रत्येक महिनाको ५ गते अपाङ्गता परिचयपत्र वितरणको लागि स्थानीय समन्वय समितिको नियमित बैठक बस्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्