अनलाइनखबरद्वारा ४० वर्षमुनिका ४० प्रभावशाली युवा सम्मान : अर्जुचौपारीका अध्यक्ष प्रकाश तिवारी पनि सम्मानित

अनलाइनखबरद्वारा ४० वर्षमुनिका ४० प्रभावशाली युवा सम्मान : अर्जुचौपारीका अध्यक्ष प्रकाश तिवारी पनि सम्मानित

काठमाडौं —२७ साउन

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर अनलाइनखबरले ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूलाई सम्मानित गरेको छ। सोमबार राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा उनीहरूलाई अवार्ड प्रदान गरिएको हो।

सो सूचिमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी पनि पर्न सफल हुनुभएको छ। विभिन्न क्षेत्रमार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको युवाहरू मध्येबाट  तिवारीले आफ्नो नेतृत्व र कार्यशैलीका कारण स्थान बनाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहमा सहभागी भई ४० प्रभावशाली युवाको नाम सार्वजनिक गर्दै अवार्ड हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सरोकारवाला निकायका प्रतिनिधि र युवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

RPReplay_Final1754927684

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.