पार्टीमा समयानुकूल परिवर्तन आजको आवश्यकता : सह–महामन्त्री परियार

सुशील सुवेदी
स्याङजा,साउन २७

नेपाली काँग्रेसका सह–महामन्त्री तथा संघीय सांसद जिवन परियारले पार्टीको संगठन, नीति र कार्यशैली समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा आयोजित ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै परियारले जनताको अपेक्षाअनुसार पार्टीले आफ्नो नीति तथा कार्यशैली अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो ।
“बहुदलीय व्यवस्था आएपछि एक विद्यालय, एक शिक्षिका कार्यक्रम ल्यायौं, तर त्यसको प्रभाव र महत्व आम नागरिकलाई बुझाउन सकेनौं,” उहाँले बताउनुभयो । महिलाहरुलाई अग्रसर बनाउन नेपाली काँग्रेसले स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको परियारको भनाई थियो ।

प्रशिक्षणमा सहभागि हुँदै नेपाली काँग्रेसका सहमामन्त्री : जिवन परियार

सोही कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति नेत्र प्रसाद पाण्डेले नेपालको संविधानमा २०७२ ले महिलाहरुलाई दिएको ३३ प्रतिशत सहभागि अनिवार्य पार्टीको तर्फबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हिजो पुरानो पार्टीहरुले केही गरेनन् भन्ने र नयाँ पार्टीमा भाग्ने परिपाटीको विकास भएको बताउँदै सभापति पाण्डेले भन्नुभयो , “जय नेपाल भन्न डराउने अनि पार्टीले पद दिएन भनेर विद्रोह नगर्नुहोस् । ”
नेपाली काँग्रेसभित्र महिलाहरुको भूमिका अन्तर्गत , चुनौती , बर्तमान अवस्था र आगामी कदमको विषयमा टोली नेता सिता विक , शान्ता थापा र सिता थापाले आआफ्नो धारणा राख्नुभएको थियो ।
महिलाहरुलाई पार्टी प्रशिक्षणको अभाव , उनीहरुलाई हेर्ने सामाजिक दृष्टिकोण र आर्थिक तथा पारिवारिक दबाब जस्तो बर्तमान अवस्था रहेको कारण पार्टीमा महिला जनप्रतिनिधिको नेतृत्व समस्यामा परेको नगर कार्यपालिका सदस्य सिता विकले बताउनुभयो ।
“इतिहासले फुर्काएको र बर्तमान नेतृत्वले शोषण गरेको प्रमुख चुनौती नेपाली काँग्रेस भित्र छ ” नेपाली काँग्रेस नगर सदस्य शान्ता थापाले बताउनुभयो ।
महिलाहरुलाई माथिल्लो पंक्तिका नेताहरुले हेर्ने मानसिक दृष्टिकोण अर्को चुनौती रहेको बताउँदै पार्टीभित्र टिकट वितरणमा पुरुष हाबी हुँदा पनि महिलाहरु पछि परेको थापाले बताउनुभयो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा दलित संघ जिल्लाका अध्यक्ष लिल बहादुर रनपाल , पूर्व कार्यपालिका सदस्य गिता रनपाल , नेपाली काँग्रेस नगर उपसभापति सिता थापा लगायतले पार्टीले महिलाहरुको भूमिकामा उत्तरदायी हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।


‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ विषयक कार्यक्रममा नेकपा एमाले लगाएत जिल्ला स्थित सबै राजनैतिक दलसँग अन्तक्रिया कार्यक्रम संचालन गरिने दलित महिला केन्द«का फिल्ड अधिकृत रितेश सांशकरले बताउनुभयो । कार्यक्रम बुधबार सम्पन्न हुनेछ ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.