काउन्सिलको निर्णय: एनपीएलप्रेस डटकममाथि कारबाही, प्रेस पास निलम्बन

प्रेस काउन्सिलद्वारा ‘एनपीएलप्रेस डटकम’ कालोसूचीमा, सञ्चालक सुरज खड्काको प्रेस पास निलम्बन प्रक्रिया सुरु

चैत १८ , काठमाडौं

प्रेस काउन्सिल नेपाल ले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन मिडिया एनपीएलप्रेस डटकम लाई कालोसूचीमा राख्दै सूचीकरणबाट हटाएको छ।

काउन्सिलको निर्णयअनुसार उक्त अनलाइनलाई “अवज्ञाकारी” को श्रेणीमा राखेर औपचारिक रूपमा सूचीबाट हटाइएको हो। साथै, खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभाग मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंह का अनुसार, गत फागुन ८ गतेको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।

यसैबीच, पत्रकार खड्काले गत आइतवार नेकपा एमाले को एक कार्यक्रममा लुगा खोलेर कार्यकर्तासँग झगडा गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा उनले “एक–एक गरेर भिडौं” भन्दै चुनौती दिएको देखिन्छ।

खड्कामाथि “नेपाल प्रेस” नामसँग मिल्दोजुल्दो “एनपीएल प्रेस” प्रयोग गरी पाठकलाई भ्रमित पार्ने, विभिन्न विद्यालय, वडा कार्यालय तथा निजी संस्थामा पुगेर धम्क्याउने जस्ता आरोप समेत लागेका छन्।

नेपाल प्रेस ले यसबारे केही महिनाअघि नै काउन्सिललाई मौखिक जानकारी गराएको थियो। साथै, क्यामेरा बोकेर अनुमति बिना सार्वजनिक तथा निजी कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेको उजुरीपछि काउन्सिलले कारबाही अघि बढाएको जनाएको छ।

click here for video

https://www.facebook.com/share/v/1Av7JpF3PV/?mibextid=wwXIfr

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.