गरिमा विकास बैंकलाई आइक्यानको ‘सिल्भर बिपिए अवार्ड–२०२५’

गरिमा विकास बैंकलाई आइक्यानको ‘सिल्भर बिपिए अवार्ड–२०२५’

काठमाडौँ, १८असार।

गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड–२०२५ अन्तर्गत सिल्भर अवार्ड प्राप्त गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा पारदर्शिता, उत्तरदायित्व र सुशासनका मापदण्ड उत्कृष्ट रूपमा पालना गरेको मूल्यांकनका आधारमा विकास बैंक समूहबाट गरिमा विकास बैंक उक्त सम्मानबाट सम्मानित भएको हो।

मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय तथा लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो।

ISO 9001:2015 तथा ISO 27001:2022 प्रमाणित गरिमा विकास बैंकले यसअघि पनि विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको छ। बैंकले न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड–२०२६ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक–२०२६’ तथा कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट–२०२६ मा ‘डेभलपमेन्ट बैंक अफ द इयर–२०२६’ को उपाधि समेत हासिल गरेको थियो।

हाल गरिमा विकास बैंकले देशभर रहेका १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.